'गभर्नर नियुक्तिमा सरकारले राजनीतिक सेटिङ गर्यो'
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.स्वर्णिम वाग्लेले गभर्नर नियुक्तिमा सरकारले राजनीतिक सेटिङ गरिरहेको आरोप लगाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकार सेटिङ र भागबण्डाको आधारमा निर्णय गर्ने प्रवृत्तिमा रमाइरहेको बताए ।
२०८२ वैशाख २३ गते