विद्यालय बन्द गरी गरिने आन्दोलनप्रति राष्ट्रिय अभिभावक संघको बिमति, शिक्षालाई राजनीतिको विषय नबनाउन आग्रह

२०८२ साउन २९ गते

विद्यालय बन्द गरी गरिने आन्दोलनप्रति राष्ट्रिय अभिभावक संघको बिमति, शिक्षालाई राजनीतिको विषय नबनाउन आग्रह

काठमाडौं । देशभरका करिब ८० लाख अभिभावकहरूको प्रतिनिधित्व गर्दै आएको स्वतन्त्र सामाजिक संस्था नेपाल राष्ट्रिय अभिभावक संघले पछिल्लो समय विद्यालय बन्द गरी गरिने हड्ताल तथा आन्दोलनप्रति गम्भीर असहमति जनाउँदै शिक्षालाई स्वतन्त्र क्षेत्रको रूपमा राख्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

 

Advertisement:

Ad
Ad

संघका राष्ट्रिय अध्यक्ष कोषबहादुर जीसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,'विद्यालय तहमा अध्ययनरत वालवालिकाहरू आफ्ना अभिभावकहरूको प्रत्यक्ष निगरानीमा रहने भएकाले उनीहरूको दैनिक क्रियाकलाप, शैक्षिक प्रगति र समग्र व्यक्तित्व विकासमा अभिभावकको भूमिकासमेत अत्यन्त महत्वपूर्ण हुन्छ।'संस्थाका अनुसार शिक्षाको गुणस्तर वृद्धिका लागि समय सापेक्ष सुधार तथा विकास आवश्यक रहेको बताउँदै, यसका लागि संघले राज्यका तीनै तहका सरकार तथा शिक्षा सरोकारवालासँग सहकार्य गर्दै आएको उल्लेख गरेको छ।

 

संघले शिक्षा क्षेत्रमा भइरहेको हड्ताल वा आन्दोलनका कारण विद्यालय बन्द हुँदा बालबालिकाको मौलिक अधिकार कुण्ठित हुने भन्दै चासो व्यक्त गरेको छ। 'विद्यालयमा नियमित पढ्न पाउने अधिकार कसैले पनि हनन गर्नु हुँदैन,' संघको भनाइ छ।विद्यालय बन्द गराउने खालका कुनै पनि आन्दोलनले विद्यार्थीमा मनोवैज्ञानिक असर पार्न सक्ने भन्दै, संघले शिक्षालाई राजनीतिबाट अलग राख्नुपर्नेमा जोड दिएको छ।

 

संघले भविष्यमा पनि विद्यालय बन्द गर्ने कुनै पनि गतिविधिको खुला विरोध गर्ने चेतावनी दिँदै, सम्पूर्ण अभिभावक र सरोकारवालालाई सचेत रहन तथा शैक्षिक अधिकारप्रति सजग बन्न हार्दिक अपिल गरेको छ।

यस्तो छ विज्ञप्ति-