संसद भवनलाई सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद राष्ट्रिय प्राथमिकताका विषय उठाउने थलो नभई सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको बताएका छन् ।
बुधबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदमा उठाएका कतिपय विषय राष्ट्रिय आवश्यकतामा आधारित नभएको बताएका हुन् ।
२०८२ साउन २८ गते