२०८३ असोज २८ गते
काठमाडौँ । कुमारी बैंकको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८२/०८३ को नाफाबाट शेयरधनीहरुका लागि प्रस्ताव गरिएको २.१०५३ प्रतिशत (करसहित)लाभांश पारित गरेको छ ।
सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित आ.ब. २०८२/८३ आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित भएको छ ।
कुमारी बैंकले हाल २७९ शाखा, २९४ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा दिँदै आएको छ ।
प्रतिक्रिया