नेप्से २१.३२ अंकले बढेर २६ सय २१ विन्दुमा

२०८३ असोज २८ गते

नेप्से २१.३२ अंकले बढेर २६ सय २१ विन्दुमा

काठमाडौँ। लगातार चौथो दिन पनि शेयर बजारमा हरियाली छाएको छ। बुधबार नेप्से परिसूचक २१.३२ अंकले उकालो लागेर २६२१.२६ को विन्दुमा पुग्दा सेन्सेटिभ र फ्लोट इण्डेक्समा पनि सकारात्मक प्रभाव परेको छ। समग्र बजार बढे पनि मङ्गलबार (४ अर्ब ७३ करोड) को तुलनामा बुधबार कारोबार रकम भने केही घटेर ४ अर्ब १३ करोड रुपैयाँमा सीमित भएको छ, जसमा ३५४ कम्पनीका झन्डै १ करोड १६ लाख कित्ता शेयर किनबेच भए।

 

Advertisement:

Ad

यस दिन विशेषगरी एसबिएल र नेपाल एसबिआई बैंकका डिबेञ्चरका लगानीकर्ताले ८ देखि १३ प्रतिशतसम्म राम्रो नाफा कमाए भने सगरमाथा जलविद्युतका शेयरधनीले सबैभन्दा बढी (६.३२ प्रतिशत) नोक्सानी व्यहोरे। किनबेच रकमका हिसाबले २६ करोडभन्दा बढीको कारोबारसहित कुमारी बैंक सबैभन्दा अगाडि रह्यो भने घलेम्दी हाइड्रो र लक्ष्मी सनराइज बैंक पनि धेरै कारोबार हुने कम्पनीको सूचीमा परे। समग्रमा सबै १३ वटै उपसमूह हरियो रहँदा बैंकिङ्ग, विकास बैंक र निर्जीवन बीमा उपसमूहमा लगानीकर्ताको विशेष आकर्षण देखिएको छ।