कैदीको उपचारका क्रममा मृत्यु, वीरगञ्जमा प्रदर्शन
रौतहट । पर्साको वीरगञ्ज कारागारमा जन्मकैद सजाय काटिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । २०७९ सालदेखि कर्तव्य ज्यान मुद्दामा अदालतको आदेश अनुसार कारागारमा सजाय काटिरहेका वीरगञ्ज महानगरपालिका–२५ खाल्वा टोलाका राहुल साह तुराहाको मङ्गलवार नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
२०८२ साउन २७ गते