तीन महिनामा भित्रियो ५ खर्ब ५३ अर्ब रेमिट्यान्स,३५.४ प्रतिशतले वृद्धि

२०८२ कात्तिक ३० गते

तीन महिनामा भित्रियो ५ खर्ब ५३ अर्ब रेमिट्यान्स,३५.४ प्रतिशतले वृद्धि

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२÷८३ को तीन महिनामा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भई ५सय ५३ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो ।समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.६१० अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.४४३ अर्ब ७६ करोड रहेको थियो ।

 

Advertisement:

Ad
Ad

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १,२३,४५९ र पुनः श्रम स्वीकृति लिनेको सब्ख्या ७७,२५७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो स्ख्या क्रमशः १,१०,६५४ र ५९,९३९ रहेको थियो ।