गुडिरहेको मोटरसाइकल खोलामा खस्दा दुई जनाको मृत्यु

२०८२ कात्तिक ३० गते

गुडिरहेको मोटरसाइकल खोलामा खस्दा दुई जनाको मृत्यु

मकवानपुर ।  मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा पर्ने बुङ्दलखोला पुलमा  मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

 

Advertisement:

Ad
Ad

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार बाप्र०३–००५प ७९८० नम्बरको मोटरसाइकल बुङ्दलखोलाबाट ५० फिट तल आज बिहान खस्दा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–२ चौकी टोल निवासी ३९ वर्षीय वीरबहादुर गुरुङ र पछाडि सवार पूर्वी नवलपरासी कावासोती नगरपालिका–१३ घर भई हेटौँडा उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको हो । मृतक दुवै जनाको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।