वीरगंजमा प्रशासनले लगायो कर्फ्यू, ठूलो संख्यामा प्रहरी परिचालन

२०८१ चैत ३० गते

वीरगंजमा प्रशासनले लगायो कर्फ्यू, ठूलो संख्यामा प्रहरी परिचालन

काठमाडौ । पर्साको वीरगञ्जमा कर्फ्यु लगाइएको छ । पर्साको वीरगञ्जस्थित छपकैया क्षेत्रमा मुस्लिम र हिन्दु दुई पक्षबिच झडप हुँदा अवस्था तनावग्रस्त बनेको थियो । अवस्था तनावग्रस्त बनेपछि अहिले जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु लगाएको छ । शनिवार साँझ ६ः३० बजेदेखि १२ बजेसम्मका लागि कफ्यू लगाइएको छ ।

झडपपछि वीरगञ्जमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।छपकैया क्षेत्रमा रहेका केही पसल र मोटरसाइकलमा आगजनी भएको स्थानीयले जानकारी दिएका छन् ।झडपको क्रममा जाइका बिरयानी र अन्य केही पसल र मोटरसाइकलमा आगजनी भएको स्थानीय कृषनन्दन साहले जानकारी दिए । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको थियो।

Advertisement:

Ad
Ad