विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकआह्वान, होला त शिक्षकको माग सम्बोधन ?

२०८२ वैशाख ०३ गते

विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकआह्वान, होला त शिक्षकको माग सम्बोधन ?

काठमाडौं । संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्न आगामी बैशाख १२ गते (शुक्रबार) दिउँसो १ बजेको लागि संघीय संसद बैठकको आह्वान गरिने भएको छ ।

मंगलवार मन्त्रिपरिषद्को बैठक बस्दै सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने शिक्षामन्त्री विद्या भट्टराईले जानकारी दिएकी छन् । नेपाल शिक्षक महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको मन्त्री भट्टराईले जानकारी दिईन् ।

Advertisement:

Ad
Ad

मन्त्रिपरिषद्को बैठकले शिक्षकहरुलाई विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध समेत गरेको छ ।