२०८२ वैशाख ०६ गते
काठमाडौँ। सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनबाट नेकपा(एमाले)निकट प्रेस चौतारी र नेपाली काग्रेस निकट प्रेस युनियनको संयुक्त प्यानल नै निर्वाचित भएको छ । अध्यक्ष कमला पन्थी रहेको नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिव (सर्वसम्मत) राधा खनाल, सचिव उर्वशी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ विजयी भएका हुन् ।
त्यस्तै, सदस्यहरू कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी चयन भएका छन् ।सञ्चारिकाको नवौँ महाधिवेशनका अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार उद्घाटन गरेका थिए ।
प्रेस चौतारी निकट रहेकी पन्थी यस अघिकी अध्यक्ष बिमला तुम्खेवासँग पराजित भएकी थिईन् भने प्रेस चौतारीकी तत्कालिन केन्द्रीय सदस्य समेत रहेकी सुनार सञ्चारिका समूहकी वर्तमान उपाध्यक्ष हुन् । उनलाई अध्यक्षमा उम्मेदवारी दिएको भन्दै प्रेस चौतारीले संगठनको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेको छ ।
यस्तै एमाले कांग्रेस गठबन्धनको उपाध्यक्षको उम्मेदवार बसन्ती बाँस्तोला विरुद्ध उठेकी लोग्शरी कुँवरलाई पनि प्रेस चौतारीले संगठनको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।
प्रतिक्रिया