२०८१ चैत १६ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाले चैत्र १५ गते पूर्वराजाका समर्थकहरुले गरेको प्रदर्शनका क्रममा नोक्सानीको विवरणसहितको पत्र पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा पठाएको छ ।शनिबार सबै घटनामा कुल नोक्सानी रकम सात लाख ९३ हजारसहितको पत्र महानगरले शाहलाई पठाएको हो । उक्त पत्र निर्मल निवासमा पठाइएको महानगरले जनाएको छ ।
उक्त पत्रमा काठमाडौं महानगरपालिका वडा नं.–३२ तीनकुनेमा आयोजना गरिएको कार्यक्रमबाट कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरि वातावरण प्रदूषण गरेकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम .एक लाख रुपैयाँ जरिवाना तोकिएको छ ।
यता महादेवस्थान क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरि वातावरण प्रदूषण गरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ भन्दै महानगरले पत्र लेखेको हो ।
उक्त क्षेत्रको भवनमा आगजनी भएको खवर प्राप्त हुनासाथ काठमाडौं महानगरपालिकाको न्यूरोड बारुण यन्त्रको दमकलसहित अग्नि नियन्त्रकहरु खटिई गई आगो नियन्त्रण गर्ने क्रममा कार्यक्रममा आएका व्यक्तिहरुले दमकल र अग्नि नियन्त्रकहरुलाई ढड्डामुढा गरि दमकल फुटाएकाले क्षतिपूर्ति वापत एक लाख तीस हजार रुपैयाँ दाखिला गर्न भनेको छ ।‘कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरि वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ,’ पत्रमा भनिएको छ ।
सो क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरि वातावरण प्रदुषण गरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख जरिवाना गरिएको महानगरले जनाएको छ ।उक्त कार्यक्रमबाट बालकुमारी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरि वातावरण प्रदुषण गरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रुपैयाँजरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध महानगरले गरेको छ ।
जडिवुटी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरि वातावरण प्रदुषण गरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख जरिवाना तोकेको छ ।कार्यक्रमबाट सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरि वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख जरिवाना तोकेको छ भने कार्यक्रमबाट सो क्षेत्रमा रहेको रुख, विरुवा, रेलिङ्ग तोडफोड गरेवापत ४० हजार रुपैयाँ र तिनकुने आईल्याण्डमा तोडफोड गरेवापत २३ हजार गरि ६३ हजार जरिवाना तोकिएको छ ।
प्रतिक्रिया