प्राधिकरण भन्छ, झ्याप्प बत्ति जादैमा लोडसेडिङ भन्न मिल्दैन

२०८२ वैशाख ०२ गते

प्राधिकरण भन्छ, झ्याप्प बत्ति जादैमा लोडसेडिङ भन्न मिल्दैन

काठमाडौ । पछिल्लो समय झ्याप्प -झ्याप्प बत्ति जान थालेपछि सर्वसाधारणहरु लोडसेडिङ हुन थालेको भन्दै आक्रोशित बन्न थालेका छन् । यसैविच नेपाल विद्युत प्राधिकरणले झ्याप्प- झ्याप्प बत्ति जानुमा मौसमलाई दोष दिएको छ ।

प्राधिकरणले विज्ञप्ति जारी गर्दै मौसमी तथा हावाहुरीका कारण केही समयका लागि विद्युत आपूर्तिमा अवरोध आएको भनेको छ । तर,यसलाई लोडसेडिङको रूपमा व्याख्या गरेर भ्रम सृजना गर्न खोजेको आरोप लगाएको छ ।

Advertisement:

Ad
Ad

विज्ञप्ति जारी गर्दै प्राधिकरणले भनेको छ, 'मौसमी प्रतिकूलताका कारण विद्युत सेवा अस्थायी रूपमा अवरुद्ध भएका स्थानहरूमा सेवा पुनः सञ्चालनका लागि देशभरका वितरण केन्द्रबाट दिनरात मरम्मत र सुधार कार्य भइरहेको छ। अधिकांस स्थानमा विद्युत आपूर्ति पुनःस्थापित भइसकेको छ ।'

हाल देशका विभिन्न क्षेत्रमा परेको हावाहुरी तथा प्रिमनसुन वर्षाका कारण केही स्थानमा विद्युत सेवा छोटो समयका लागि अवरुद्ध हुन गएको प्राधिकरणले स्पष्ट पारेको छ ।