२०८२ असार ३० गते
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भिजिट भिसा लिएर स्पेन गएकाहरुमाथि छानविन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् । गृहमन्त्री रमेश लेखकले स्पेन भ्रमणबारे छानबिन गर्न प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन् ।
सोमबार गृह मन्त्रालयमा गृहसचिव गोकर्णमणि दुवाडी र आइजिपी दीपक थापा थापासँग बैठक बसेर प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जाँदा भिजिट भिसाको प्रयोग गरेर गएकाहरुलाई छानबिन गर्न मन्त्री लेखकले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ। सरकारी प्रतिनीधिमण्डल बाहेकको टोली कसरी गएको हो, कुन संस्थामार्फत गएका हुन जस्ता विषयमाथि रहेर छानविन गर्न मन्त्री लेखकले निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओली सहभागी हुने स्पेनको कार्यक्रममा सहभागी भएर केही मानिस नफर्किएको भन्दै संसदमै सांसदहरुले आवाज उठाउँदै आएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका केही सांसदहरुले त भिजिट भिसाको दुरुपयोग गरी भइरहेको मानव तस्करी रोक्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएका छन् ।
प्राधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा गएका थिए। उनीसँग गएका प्रतिनिधिमण्डल भने असार २० गते नै फर्किएका थिए।
प्रतिक्रिया