प्राधिकरणका अध्यक्ष ओझा निलम्बन

२०८२ असार ३० गते

प्राधिकरणका अध्यक्ष ओझा निलम्बन

काठमाडौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा  निलम्बनमा परेका छन् । उनको अनुभवको योग्यता माथि प्रश्न उठ्दै आएपछि  छानबिन गर्न सरकारले समिति बनाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले  पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको हो । समितिमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला सदस्य छन् । छानबिन समिति गठन भएसँगै अध्यक्ष ओझा स्वतः पदमुक्त भएका छन् ।

Advertisement:

Ad
Ad

सरकारले गत फागुन १२ गते प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।