नेपालीले विदेशमा लगानी गर्न पाउने गरी ऐनको मस्यौदा तयार, सुझाव दिन १५ दिनको समय

२०८३ असार ३० गते

नेपालीले विदेशमा लगानी गर्न पाउने गरी ऐनको मस्यौदा तयार, सुझाव दिन १५ दिनको समय

काठमाडौं । नेपालीले पनि विदेशमा लगानी गर्न पाउने गरी ऐनको मस्यौदा तयार भएको छ । सो मस्यौदामा आवश्यक सुझावका लागि अर्थमन्त्रालयले आव्हान गरेको छ ।

 

Advertisement:

Ad
Ad

विदेशी विनिमय (नियनमत गर्न) ऐन, २०१९ विदेशी  लगानी प्रतिबन्ध लगाउने ऐन २०२१ लाई संसोधन गरी नयाँ समसामयिक विषयवस्तु थप गर्न अर्थमन्त्रालयले सुझावका लागि आव्हान गरेको हो । यस मस्यौदामाथि १५ दिनभित्र सुझाव दिन अर्थले भनेको छ । 

 

देशको आर्थिक अवस्था, प्रविधिमा आएको परिवर्तन, विनिमय व्यवस्थापनका विभिन्न समस्यालाई सम्बोधन गर्न, विदेशी सुरक्षणपत्र, विदेशी मुद्रा र विदेशी बुलियनहरुमा कारोबारको प्रभावकारी नियमन गर्न पनि संसोधनको आवश्यक भएको भनिएको छ ।

यस्तै विदेशी लगानी नेपालमा ल्याउन र विदेशमा नेपाली लगानी गर्नका लागि पनि आवश्यक विषयहरु सम्बोधनको लागि ऐन संसोधनका आवश्यक देखिएको हो ।

यस मस्यौदाले देशमा विदेशी मुद्राको संकटको अवस्था आएको खण्डमा देशका कुनै पनि नागरिक वा संस्थाको खातामा भएको रकम नेपाल सरकारलाई बेच्न आदेश दिनसकिने व्यवस्था पनि छ ।

यो ऐन विपरित काम भएमा ३५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान समेत हुनसक्ने व्यवस्था छ  । सुनचाँदी जस्ता बहुमूल्य गहना लुकाइ ओसारपसार गरेमा सोको लागि प्रयोग भएको गाडी समेत जफत हुनसक्ने व्यवस्था मस्यौदामा छ ।