लगातार बजार घटेपछि सेबोन घेर्न पुगे लगानीकर्ता

२०८३ असार ३० गते

लगातार बजार घटेपछि सेबोन घेर्न पुगे लगानीकर्ता

काठमाडौं । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार गठन भए यता लगातार सेयर बजारमा गिरावट आएको छ । बजार निकै तल झरेपछि लगानीकर्ताहरु हतासमा देखिएका छन् ।

मनोबल गिरेका लगानीकर्ताहरूले मंगलबार नियामक निकाय नेपाल धितोपत्र बोर्डको कार्यालय घेराउ गरेका छन् । 

Advertisement:

Ad
Ad

 

बजार बढ्ने नीति सरकारले लिनुपर्ने उनीहरुको माग छ । केही दिन अघिमात्र नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट पुँजीबजार सुधारका लागि पुँजीबजार विकास मार्गचित्र ल्याउने तयारीमा छन्  ।


 सेयर बजारकै विषयलाई लिएर प्रधानमन्त्री बालेन शाह पनि सन्तुष्ट नभएको खबरहरु बाहिरिएको छ । अहिले देशको अर्थतन्त्रको ड्राइभिङ सिटमा अर्थतन्त्रका विज्ञ भनिएका डा. स्वर्णिम वाग्ले छन् । तर पुँजीबजारको मामलामा भने उनको विज्ञताले काम गर्न सकेको छैन ।