२०८३ असार २३ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता प्रवाहको वयवस्थापन सहज बनाउन विदेशी मुद्रा खरिदकै बेला 'स्टेरलाइज्ड इन्टरभेन्स' गर्ने नीति लिएको छ ।
आज आगामी आर्थिक वर्ष २०८३/८३ को मौद्रिक नीतिको वाचन गर्दै गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले विदेशी मुद्रा खरिदका लागि हुने तरलता प्रवाह व्यवस्थापनलाई सहज बनाउन वाणिज्य बैंकहरुलाई सरकारी ऋणपत्र खरिदमा लागि प्रोत्साहन गर्ने साथै विदेशी मुद्रा खरिदकै बेला 'स्टेरलाइज्ड इन्टररभेन्स' गरिने नीति लिइने केन्द्रिय बैंकले भनेको छ ।
'स्टेरलाइज्ड इन्टरभेन्सन' भनेको केन्द्रीय बैंकले आफ्नो देशको मुद्राको विनिमय दरलाई नियन्त्रण वा स्थिर राख्न विदेशी मुद्राको खरिद बिक्री गरेपछि, त्यसको प्रभावलाई निष्प्रभावी पार्न तुरुन्तै घरेलु मुद्राको आपूर्तिमा पनि आवश्यक समायोजन गर्ने प्रक्रिया हो।
यसको मुख्य उद्देश्य देशको मुद्राको मूल्य वा विनिमय दर पनि स्थिर रहोस् र देश भित्रको मुद्रा आपूर्तिमा कुनै अनावश्यक परिवर्तन नआओस् भन्ने हुन्छ।
यदि डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन (मूल्य घट्नें) भयो भने त्यसलाई रोक्न नेपाल राष्ट्र बैंकले बजारमा डलर बेचेर नेपाली रुपैयाँ फिर्ता लिन्छ। यसो गर्दा बजारमा रुपैयाँको अभाव हुन सक्छ र ब्याजदर बढ्न सक्छ। त्यसैले, राष्ट्र बैंकले तुरुन्तै बजारमा सोही रुपैयाँ बराबरको सरकारी ऋणपत्र किनेर वा बेचेर बजारमा पैसाको आपूर्ति पहिलेकै जस्तै कायम राख्छ। यस्तो प्रभावलाई स्टेरलाइज्ड (निष्प्रभावी) गरिन्छ।
प्रतिक्रिया