नक्कली भुटानी शरणार्थी प्रकरणमा ऐतिहासिक फैसला, पूर्वउपप्रधानमन्त्रीदेखि पूर्वगृहमन्त्रीसम्म सबै आरोपी दोषी ठहर

२०८३ असार २३ गते

नक्कली भुटानी शरणार्थी प्रकरणमा ऐतिहासिक फैसला, पूर्वउपप्रधानमन्त्रीदेखि पूर्वगृहमन्त्रीसम्म सबै आरोपी दोषी ठहर

काठमाडौँ । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले मंगलबार सबै आरोपीलाई दोषी ठहर गरेको छ। उच्च राजनीतिक र प्रशासनिक तहका व्यक्तिहरू मुछिएको यस मुद्दामा अदालतले दोषी ठहर गरेसँगै अब उनीहरूलाई हुने सजाय अर्को पेशीमा निर्धारण गरिने भएको छ।

 

Advertisement:

Ad
Ad

जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार फैसला सुनाउँदै सबै प्रतिवादीलाई दोषी ठहर गरेको हो। अदालतका अनुसार सजाय निर्धारणका लागि छुट्टै पेशी तोकिएको छ।

 

दोषी ठहर हुनेहरूमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङ्टावा शेर्पा, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँ तथा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल रहेका छन्।

 

अर्कोतर्फ अदालतले प्रमाणको अभावमा पूर्व उपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझी र पूर्व गृहमन्त्री बादलका छोरा प्रतीक थापासहित ६ जनालाई सफाइ दिएको छ।  सफाइ पाउने अन्यमा रामशरण केसी, लक्ष्मी महर्जन, केशव तुलाधार र आशिष बुढाथोकी रहेका छन्।

 

यस प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले २०८० जेठ १० गते पहिलो चरणमा ३० जनाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर तथा संगठित अपराधसम्बन्धी अभियोगमा मुद्दा दायर गरेको थियो। त्यसपछि २०८१ वैशाख ९ गते थप पाँच जनालाई प्रतिवादी बनाउँदै अर्को मुद्दा दर्ता गरिएको थियो। बेचन झा पक्राउ परेपछि २०८१ साउन २९ गते तेस्रो मुद्दा दायर गरिएको थियो।