सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२०८३ असोज १५ गते

सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले बैंकको २५औँ वार्षिक साधारण सभामा सहभागी हुनुका साथै प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

Advertisement:

Ad

बैंकले असोज २८ गते बुधबार काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा साधारण सभा बोलाएको छ । सभा बिहान ९ बजे सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

यस्तै, अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीलाई १३६ दिनको समानुपातिक हिसाबले ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावसमेत सभाले पारित गर्नेछ ।