नेपालमा दुई आर्थिक वर्षको बजेट बराबरको विदेशी मुद्रा स्टक !

२०८३ असार ३० गते

नेपालमा दुई आर्थिक वर्षको बजेट बराबरको विदेशी मुद्रा स्टक !

काठमाडौं । नेपालमा दुई आर्थिक वर्षको बजेट बराबरकै विदेशी मुद्रा सञ्चितमा रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्ने हो भने जेठ मसान्तसम्म विदेशी मुद्रा ३७ खर्ब ५५ अर्ब ६४ करोड रुपैयाँ बराबर स्टकमा रहेको छ ।

 

Advertisement:

Ad
Ad

विदेशी मुद्रा सञ्चिती कमजोर हुँदा आर्थिक संकटको डिलमा पुगेको नेपालले पछिल्लो समय ऐतिहासिक मुद्रा स्टक गरेको छ । विशेष गरी रेमिट्यान्सको बढोत्तरीले स्टक बढ्न मदत गरेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २४ अर्ब ६८ करोड पुगेको छ । यो सञ्चितिले १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनछ ।

 

२०८३ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ६१.५ प्रतिशत, १५९.५ प्रतिशत र ४३.७ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।


विप्रेषण आप्रवाह नै ३८.२ प्रतिशतले बढेर.२१ खर्ब २० अर्ब ८० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.६ प्रतिशतले बढेको थियो । २०८३ जेठ महिनामा मात्रै  विप्रेषण आप्रवाह २ खर्ब ३ अर्ब ८९ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो ।