जेन्जी आन्दोलनमा क्षतिग्रस्त भाटभटेनीको विराटनगर आउटलेट पनि आयो सञ्चालनमा

२०८३ असार २७ गते

जेन्जी आन्दोलनमा क्षतिग्रस्त भाटभटेनीको विराटनगर आउटलेट पनि आयो सञ्चालनमा

काठमाडौँ । गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा आएको छ । यो आउटलेट शनिबारदेखि पुनः सञ्चालनमा आएको हो ।

 

Advertisement:

Ad
Ad

पुनर्निर्माणपछि आउटलेट व्यावसायिक रूपमा सञ्चालनमा आएको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए । शनिबार बिहान भाटभटेनीकी सञ्चालिका सावित्री गुरुङले वैदिक सनातन परम्परा पूजापाठ गरी आउटलेटको शुभारम्भ गरेकी हुन् ।


क्षतिग्रस्त आउटलेट पुनर्निर्माणका क्रममा खटिएका करिब ३०० मजदुर र कामदारलाई त्यस अवसरमा सम्मान पनि गरिएको छ ।पुनर्निर्मित स्टोरमा आधुनिक सुरक्षा प्रणाली, अत्याधुनिक विद्युतीय पूर्वाधार जडान गरिएको छ ।

 

जेनजी आन्दोलनका क्रममा देशभरका भाटभटेनीका २८ शाखामध्ये १२ वटा पूर्ण रूपमा ध्वस्त भएका थिए भने ९ वटामा व्यापक लुटपाट र क्षति पुगेको थियो । यसबाट कम्पनीलाई करिब १० अर्ब ८५ करोड रुपैयाँ बराबरको क्षति भएको थियो ।

भाटभटेनीको विराटनगर शाखा खुलेपछि एकै व्यापारिक थलोबाट उपभोक्ताले हरेक सामान खरिद गर्न सक्ने र सीमावर्ती जोगवनी बजार धाउन नपर्ने बताइएको छ ।