२०८३ असार २३ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । बिशेषगरी पुँजीबजारका लगानीकर्ताले चासोका साथ हेरेको मौद्रिक नीतिले पुँजी बजारसँग सम्बन्धित खासै चर्चा भएको छैन । यद्यपि पूँजीबजार बढाउँन हाल लिएका अन्य नीतिले भने सहयोग गर्ने देखिन्छ ।
रास्वपाको सरकार गठन भएयता खासै रौनक नदेखिएको बजारका लगानीकर्ताको ठुलो अपेक्षा आगामी आवको मौद्रिक नीतिमा थियो । यस मौद्रिक नीतिमा संस्थाको सवलताका आधारमा सेयरधितो कर्जा निर्धारण हुने भनिएको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको पटक-पटकको समिक्षाबाटै अधिकांश पुँजी बजारका मागहरु सम्बोधन भएका थिए ।
आजैमात्र चालु आवको मौद्रिक नीतिको वार्षिक समिक्षामा धेरै विषय समेटिएकाले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा पुँजीबजार अथवा सेयरबजार भन्ने शब्द नपरेको हुनसक्ने अनुमान लगानीकर्ताको छ ।
प्रतिक्रिया