आजदेखि काठमाडौंका विभिन्न स्थानमा विद्युत कटौती हुने, कुन कुन क्षेत्रमा हुदैँछ कटौती ?

२०८३ असोज १५ गते

आजदेखि काठमाडौंका विभिन्न स्थानमा विद्युत कटौती हुने, कुन कुन क्षेत्रमा हुदैँछ कटौती ?

काठमाडौं ।  आजदेखि काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गरिने भएको छ । काठमाडौँ उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणालीलाई सञ्चालनमा ल्याउन तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापन गर्ने कामका लागि विद्युत कटौती हुने भएको हो । 

 

Advertisement:

Ad

कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका क्षेत्रहरूमा भूमिगत लाइन सञ्चालन तथा आवश्यक प्राविधिक सुधारका लागि असोज १५ देखि २६ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् कटौती हुनेछ।

 

त्यसैगरी असोज २१ गते बलम्बु क्षेत्र, असोज २२ गते कोटेश्वर–बालकुमारी क्षेत्र, असोज २४ गते सिफल क्षेत्र, असोज २५ गते सतुंगल धौलागिरी आवास क्षेत्र तथा असोज २६ गते धोबीखोला क्षेत्रमा लाइन कटौती गरी भूमिगत संरचनाको काम अघि बढाइनेछ। यद्यपि, मौसम प्रतिकूल भएमा निर्धारित विद्युत् आपूर्ति कटौती नगरिने  नेपाल विद्युत प्राधिकरणले स्पष्ट पारेको छ।

 

 असोज १५ गते सतुंगल बौथली क्षेत्र, असोज १६ गते मच्छेगाउँ दोभान चोक तथा खुसी चोक क्षेत्र, असोज १७ गते मुलपानी क्षेत्र, असोज १८ गते गर्जुधारा क्षेत्र र असोज २० गते पुनः मुलपानी क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।पहिलो चरणमा काठमाडौँको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रबाट सुरु गरिएको यो काम दोस्रो चरणमा काठमाडौँका बाँकी सहरी क्षेत्र, तेस्रो चरणमा ललितपुर तथा भक्तपुरका सहरी भूभाग र चौथो चरणमा पोखरा तथा भरतपुर महानगरपालिकाअन्तर्गतका क्षेत्रहरूमा विस्तार गरिँदै छ।