१० रुपैयाँमै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजारसम्मको सुरक्षा

२०८३ असोज १० गते

१० रुपैयाँमै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजारसम्मको सुरक्षा

काठमाडौं । डिजिटल वालेट इसेवाले दशैं तथा जात्रा पर्वलाई लक्षित गर्दै १० रुपैयाँमै ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक गरेको छ। हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा ल्याइएको यो योजना असोज ७ देखि १३ गतेसम्म ७ दिनका लागि लागू हुनेछ।

 

Advertisement:

Ad

योजनाअन्तर्गत बीमितले अधिकतम २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा पाउनेछन्। जसमा दुर्घटना बीमाबापत २ लाख २० हजार रुपैयाँ र अस्पताल खर्चका लागि १० हजार रुपैयाँसम्मको सुविधा रहेको छ।

 

जात्रा तथा पर्वका क्रममा हुन सक्ने आकस्मिक दुर्घटनाबाट आउने आर्थिक जोखिमलाई कम गर्ने उद्देश्यले ल्याइएको यो बीमा इसेवा एपमार्फत १० रुपैयाँमा खरिद गर्न सकिनेछ।