राहदानी विभाग अगाडि प्रहरीले बाइकमा ह्विल लक गर्दिएका थिए, केहीबेरमै युवकले गरे आत्मदाहको प्रयास

२०८३ असार २५ गते

राहदानी विभाग अगाडि प्रहरीले बाइकमा ह्विल लक गर्दिएका थिए, केहीबेरमै युवकले गरे आत्मदाहको प्रयास

काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागको अगाडि एक युवकले आत्मदाहको प्रयास गरेका छन्। 

 

Advertisement:

Ad
Ad

बिहीबार दिउँसो एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। आगो लाग्ने वितिक्कै प्रहरीले उद्धार गरेर उपचारका लागि वीर अस्पताल पुर्‍याएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।

 

युवकको ७५ प्रतिशत शरीर आगोले जलेको र गम्भीर रहेको प्रहरीले जनाएको छ । घटना हुनु अगाडि ती युवाको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक गरेको पाइएको छ ।

 

एसपी भट्टराईका अनुसार, युवकको वीर अस्पतालमा उपचार भइरहेको युवक बाइक लक गर्दिएकै कारण आत्महत्या गर्न खोजेका हुन् या अन्य कारणले सो बारेमा अनुसन्धान भैरहेको छ ।