२०८३ असार २६ गते
काठमाडौँ । राहदानी विभाग अगाडि बिहीबार पेट्रोल छर्केर आगो लगाई आत्महत्या गरेका युवा गणेश नेपालीले महानगर प्रहरीले ठूलो रकमको चिट काटेपछि सहन नसकेर उक्त कदम चालेको पाइएको छ । रुकुमको सोरु गाउँपालिकाका २५ वर्षिय गणेश नेपाली पठाओ चलाएर गुजारा टार्दै आएका थिए ।
बिहीबार अपरान्ह उनी त्रिपुरेश्वर स्थित राहदानी विभाग परिसरको सडक छेउ पार्किङ गरेर खाजा खान निस्कँदै गर्दा महानगर प्रहरीले बाइक समाते । बाइक समातेपछि तुरुन्तै उनी फर्केर महानगर प्रहरीग आफू त्यहाँबाट गइहाल्ने भन्दै बाइक फिर्ता दिन अनुनय गर्न थाले । तर महानगर प्रहरी मान्दै मानेनन् बरु उनको बाइकमा ह्विल लक लगाइदिए र १० हजारको चिट हातमा थम्याइदिए । उनको महानगर प्रहरीसँग धेरेबेर चलिरह्यो ,अन्ततः सहन सकेनन्। आफ्नैनै बाइकको पेट्रोल आफ्नो शरीरमा छर्किएर र आगो लगाए ।
आगोले उनको ७० प्रतिशत भाग जलिसकेको थियो । प्रहरी आएर उनलाई तत्काल एम्बुलेन्समा राखेर बीर अस्पताल पुर्यायो । गम्भीर अवस्थाका उनलाई आइसीयूमा राखेर उपचार गरिरहँदा गृहमन्त्री सुदन गुरुङ भे्ट्न पुगेका थिए । उपचारकै क्रममा शुक्रबार बिहान ११..३० बज्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया