२०८२ वैशाख ०२ गते
काठमाडौ । नयाँ वर्ष लागेपछि खुलेको पहिलो कारोबारमा सेयर बजारले आश जगाएको छ । सेयर लगानीकर्ताको नयाँ बर्षको सुखद शुरुवात भएको विश्लेषण हुन थालेको छ ।
मंगलबार सेयर बजार २७.१४ विन्दुले बढेर २६८९.२२ विन्दुमा अडिएको छ । यो सँगै कारोबार रकम पनि साढे ८ अर्ब नाघेको छ । यो भनेको एक महिना यताकै बढी कारोबार हो । आज अधिकांश समूहमा बढोत्तरी देखिएको छ । आज कर्पोरेट डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल माइक्रो इन्सुरेन्स र क्रेष्ट माइक्रोलाइफको पनि सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।
मंगलबार ३ सय २० कम्पनीको २ करोड १८ लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा बलेफी हाइड्रोपावर अग्रस्थानमा छ । यसको २ अर्ब १ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।
प्रतिक्रिया