कुलमानको बहसले तात्यो संसद, कसले के भने ?

२०८१ फागुन २१ गते

कुलमानको बहसले तात्यो संसद, कसले के भने ?

काठमाडौ । बुधबारको संसदमा कुलमान घिसिङको विषय प्रवेश गरेको छ । नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादन मूल्यांकनमा जिरो अंक पाएको विषयलाई लिएर संसदमा विरोध गरेको छ। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले घिसिङले कार्यसम्पादन मूल्यांकनको शून्य अंक राखेको भन्दै विरोध गरेका हुन्।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी संसद बिना लामाले पनि सरकार निर्माण भएदेखि नै घिसिङलाई सरकारले आज हटाउँने भोली हटाउँने भनेर आतंक सृजना गर्नुको उदेश्य के हो भन्दै प्रश्न गरिन । साथै शतिले सरापेको देश भन्दै उनले राम्रो काम गर्ने मानिसले भोग्नुपर्ने नियति यस्तै हो भन्दै आक्रोशित बनिन ।

Advertisement:

Ad
Ad

त्यसैगरी स्वपाका सांसद मनिष झाले सरकारले कुलमान घिसिङलाई लखेट्नका लागि अनेक प्रपञ्ज रचेको आरोप लगाएका छन्।आफ्ना कार्यकर्ता भर्ती गर्नका लागि सरकारले कुलमानको कामको मूल्याकंन शून्यमा पुर्याएको भन्दै यदि यो सरकारले उनलाई हटाए आफूहरूले हजारौं कुलमान ल्याउने चेतावनी समेत दिए ।

कुलमानले प्राधिकरणमा दोस्रो कार्यकालको तेस्रो आर्थिक वर्षको कार्यसम्पादन मूल्यांकनमा शून्य अंक पाएको ऊर्जा मन्त्रालय सचिवालयले जानकारी दिएको छ। तोकिएको समयभन्दा ढिला कार्यसम्पादन प्रतिवेदन बुझाएका कारण कुलमानलाई शून्य अंक दिइएको बताइएको छ।