२०८१ चैत १९ गते
काठमाडौं । सुनुवाई नसकिएपछि सर्बोच्च अदालतले कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्य दुवैको रिट हेर्दाहेर्दैमा राखेको छ ।
सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको मंगलबारको इजलासमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका घिसिङ र शाक्य दुवैको रिटमाथि सुनुवाइ भएको थियो । घिसिङ र शाक्यको रिटमा आइतबार पनि पेशी तोकिएको थियो । तर, सुनुवाइ हुन सकेको थिएन ।अब यो मुद्दाको सुनुवाई भोलि बुधबार हुनेछ ।
घिसिङले आफ्नो कार्यकाल रहँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीको अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन् ।
सरकारले कुलमानलाई गत चैत ११ गते चार महिना अवधि बाँकी छँदै बर्खास्त गरेर उनको ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । कुलमानले आफूलाई सरकारले गैरकानुनी तवरबाट बर्खास्त गरेको भन्दै यही चैत १४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उता शाक्यले पनि आफ्नो ४२ महिनाको अवधिको तलब भत्ता पाउनुपर्ने र आफ्नो नियमअनुसार रकम पाउनुपर्ने तथा सरकारले आफूलाई सरुवा गरेर काम गर्न नदिएको भन्दै रिट दर्ता गराएका थिए ।
प्रतिक्रिया