कुलमानको पेशीमा मंगलबार सुनुवाई हुने

२०८१ चैत १७ गते

कुलमानको पेशीमा मंगलबार सुनुवाई हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको रिट आज ‘हेर्न नमिल्ने’ भएपछि आगामी मंगलबारलाई पेशी राखिएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार अन्य प्राविधिक कारण नभए आगामी मंगलबार सुनुवाई हुनेछ । आजको पेशी प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र शारंगा सुवेदीको इजलासमा परेको थियो । प्रत्यर्थी हितेन्द्रदेव शाक्यको वकालतनामामा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी रहेका कारण आजको पेशीमा ‘हेर्न नमिल्ने’ भएको प्रवक्ता कुइँकेलले बताए ।

Advertisement:

Ad
Ad

कुनै बेला हालका प्रधानन्यायाधीश राउत र वरिष्ठ अधिवक्ता अधिकारीको ल फर्म एउटै भएकाले हेर्न नमिल्ने भएको हो । गत शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश अब्जुल अजीज मुसलमानको इजलासले कुलमानले माग गरेको अन्तरिम आदेशका सम्बन्धमा डिभिजन बेञ्च ९संयुक्त इजलास० मा पठाउने आदेश गर्दै विपक्षी मन्त्रिपरिषदलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको थियो ।

गत चैत ११ गतेको मन्त्रिपरिषद्ले चार महिना अवधि बाँकी रहेका कार्यकारी निर्देशकलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को उक्त निर्णयविरुद्ध कुलमान उत्प्रेषणको आदेश माग गर्दै सर्वोच्चमा रीट निवेदन दिएका थिए ।