२०८३ असोज १८ गते
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत ९डेपुटी सीईओ० कवि फुयालले पदबाट राजीनामा दिएका छन् ।
फुयालले व्यक्तिगत विशेष परिस्थितिका कारण राजीनामा दिएको बताएका छन् । उनले आगामी दिनमा के गर्ने भन्नेबारे भने अहिले नै कुनै निर्णय नभएको बताए ।
उनले तीन महिनाको समयावधि दिएर राजीनामा बुझाएका हुन् । राजीनामा स्वीकृत भएपछि केही समय विश्राम लिएर मात्रै नयाँ गन्तव्यबारे निर्णय गर्ने उनको भनाइ छ ।
यसअघि फुयालले आईएमई लाइफ इन्स्योरेन्समा चार वर्ष प्रमुख कार्यकारी अधिकृत ९सीईओ०का रूपमा जिम्मेवारी सम्हालेका थिए ।
प्रतिक्रिया