२०८१ चैत १२ गते
काठमाडौं । बरखास्तमा परेका नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ सरकारको निर्णय विरुद्ध अदालत जाने भएका छन् ।
आज मंगलबार घिसिङ कानुन व्यवसायीहरुको परामर्शमा अदालत जाने र आफ्नो पद थमौतीका लागि रिट हाल्ने तयारी गरेका छन् ।
सरकारले घिसिङलाई हटाएर उनको ठाउँमा हितेन्द्रदेव शाक्यलाई पदबहाली गरेको छ । कुलमानको पदावधि यही २०८२ साउन २६ गतेसम्म छ । तत्कालीन सरकारले २०७८ साउन २५ गते चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । यसअघि पनि ऊर्जा मन्त्री खड्काले बर्खास्त गरेका प्राधिकरणका दु्ई सञ्चालक समितिका सदस्यलाई सर्वोच्च अदालतले पुनर्बहाली गर्ने आदेश दिएको थियो । त्यस हिसावले न्याय पाउने आशामा कुलमान अदालत जान लागेका हुन् ।
घिसिङले २०७५ वैशाख ३१ गतेदेखि देशैभर लोडसेडिङ हटाएर उज्यालोको नायकको उपमा पाएका थिए ।
प्रतिक्रिया