२०८३ असोज १९ गते
काठमाडौँ । सोमबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक २०.४८ अंकले घटेर २५६६.७६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३५९ कम्पनीको ९० लाख ३ हाजर ३८८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज व्यापार समूहबाहेक सबै समूह राताम्य भएका छन् । व्यापार समूह ०.३३ प्रतिशतले बढ्दा सर्वाधिक घट्ने लगानी समूह रहेको छ । यो समूह १.०७ प्रतिशतले घटेको छ ।
त्यस्तै, बैंकिङ समूह ०.७१ प्रतिशत, विकास बैंक समूह ०.५४ प्रतिशत, होटल तथा पर्यटन समूह १.०५ प्रतिशत, हाइड्रो समूह १।०४ प्रतिशत, फाइनान्स समूह १.०६ प्रतिशत, जीवन बीमा समूह ०.८० प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.९८ प्रतिशत, माइक्रोफाइनान्स ०.६० प्रतिशत, म्युचुअल फण्ड ०.०५ प्रतिशत, निर्जीवन बीमा समूह ०.६४ प्रतिशत र अन्य समूह ०.९२ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया