२०८२ मंसिर २३ गते
काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले पुर्याएको क्षतिको ४ अर्ब ३८ करोड बढी बीमा दाबी भुक्तानी भएको छ । १८ वटा बीमा कम्पनीमा २३ अर्ब ४४ करोड रुपैयाँ बराबरको दाबी परेको थियो ।
सबैभन्दा बढी दाबी परेको सिद्धार्थ इन्सुरेन्सले नै सबैभन्दा बढी दाबी भुक्तानी गरेको छ । सिद्धार्थले हालसम्म १ अर्ब ६६ करोड ७८ लाख रुपैयाँभन्दा बढीको दाबी भुक्तानी गरेकमो छ । यस कम्पनीमा ५ अर्ब ५३ करोड ५६ लाख रुपैयाँ भन्दा बढीको ४०७ वटा दाबी परेको थियो । संख्याको हिसाबमा सबैभन्दा बढी दाबी शिखर इन्सुरेन्समा परेपनि रकमको हिुाबले भने सिद्धर्थभन्दा कमको दाबी परेको थियो । शिखरले हालसम्म ७१ करोड ११ लाख बराबरको भुक्तानी गरेको छ ।
यसैगरी असोज १८ मा भएको बाढी पहिरोको क्षतिको भुक्तानी भने १ करोड ८८ लाख रुपैयाँ बराबर भएको बीमा प्राधिकरणले जनाएको छ । यसमा ४ अर्ब ४ करोड रुपैयाँको दाबी परेको थियो ।
प्रतिक्रिया