२०८३ असार १९ गते
आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा बढेको छ। आज सुनको मूल्य प्रतितोला ७ हजार २०० रुपैयाँले वृद्धि हुँदा चाँदीको मूल्य पनि प्रतितोला १६५ रुपैयाँले उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो। बिहीबार पनि सुनको मूल्यमा उल्लेख्य वृद्धि देखिएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ६१५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया