२०८२ वैशाख ०३ गते
काठमाडौँ । मधेश प्रदेशका पूर्वप्रमुख डा राजेश अहिराज विरुद्ध जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको हो ।
उनीविरुद्ध एक १७ वर्षीया नाबालिगले आफूमािथ शारीरिक तथा मानिसक शोषण गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएकी थिइन् । सोही जाहेरीका आधारमा अहिराजविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
पीडित नाबालिगले गत माघ १० गते परिसरको भद्रकालीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा फागुन ३ गते जाहेरी दिएकी थिइन् ।
प्रतिक्रिया