२०८२ असार ३१ गते
काठमाडौ । घुस खाएको आरोपमा व्यापक विवादित बनेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । केही दिनअघि मन्त्री गुप्ताले घुस खाएको अडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना भइरहेको छ ।
अडियो रेकर्ड अनुसार, गत पुस र माघमा काम गरिदिने भनेर मन्त्री गुप्ताले केही रकम समेत बुझिसकेका थिए । यसैकारण विपक्षी दलहरुले राजीनामा माग गर्नुका साथै कारबाही गर्न माग गरेका थिए ।
प्रतिक्रिया