२०८२ वैशाख ०४ गते
जनकपुरधाम । नेपाल विद्युत् प्राधिकरणको ढल्केबर स्थित सबस्टेसनमा बुधबार आगलागी भएपछि बुधबार बिहानैदेखि धनुषा, महोत्तरी र सर्लाही जिल्लमा विद्युत आपूर्ति ठप्प भएको छ ।
धनुषामा विद्युत सेवा पूर्णरुपमा ठप्प छ भने महोत्तरी र सर्लाहीको विभिन्न क्षेत्रमा आंशिक ठप्प छ । २४ घण्टाभन्दा लामो समयदेखि विद्युत सेवा ठप्प हुँदा जनजीवन प्रभावित भएको छ । बुधबार बिहान ढल्केबर ग्रिडमार्गबाट सिन्धुलीतर्फ जाने प्रसारण लाइनमा सिटी पड्किएर आगलागी हुँदा सबस्टेसनका विभिन्न पार्टपुर्जा जलेर नष्ट भएको थियो ।
मर्मत सम्भारको काम भइरहेको भएपनि कामा ढिलाई हुँदा पंखाकुलर चलाउन, इनार तथा कलबाट मोटरबाट पानी तान्न, विद्युतीय उपकरण चलाउन समस्या भएको छ ।
प्रतिक्रिया