चैत मसान्तको दबाव सेयर बजारमा, बर्षको अन्तिम दिन घटेर बन्द भयो

२०८१ चैत ३१ गते

चैत मसान्तको दबाव सेयर बजारमा, बर्षको अन्तिम दिन घटेर बन्द भयो

काठमाडौं । बर्षको अन्तिम दिन सेयर बजार घटेर बन्द भएको छ । बर्ष २०८१ सेयर बजारका लागि खासै सुखद रहन सकेन । आइतबार नेप्से सूचक ८.८४ विन्दुले घटेर २६६१.८६ विन्दुमा बन्द भएको हो ।

यस दिन ६ अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएको छ । आज सूचीकृत अधिकांश समूहमा गिरावट आएको छ । ३ वटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । आज चैतको अन्तिम दिन हो । यसकारण त्रैमासिक प्रेसर बढी हुने गरेको छ । त्रैमासिक क्लोजिङको समय भएका कारण अधिकांश लगानीकर्तालाई बैंकको साँवा–ब्याज तिर्नुपर्ने दबाब हुन्छ ।

Advertisement:

Ad
Ad

वर्ष २०८१ को धेरै जसो समय सेयर बजारले राम्रो परफरमेन्स गर्न सकेन । बैंकमा अधिक तरलता, न्यून ब्याजदर हुँदा समेत बजारले राम्रो संकेत देखाउँन नसकेर कतिपय लगानीकर्ता यस वर्ष निराश देखिए । आज ३ सय २२ कम्पनीको १ करोड ३१ लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा सीइडीबी होल्डिङ्स अगाडी छ । यसको ४५ करोड ३२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ,