बीमा प्राधिकरणको बीमा कम्पनीलाई भन्योः त्रैमासको अन्तिम दिन कुनै पनि बीमा स्विकृत नगर्नु, अभिकर्तालाई लक्ष्य तोक्दा २८ गतेभित्र तोकिसक्नु

२०८२ असार ३१ गते

बीमा प्राधिकरणको बीमा कम्पनीलाई भन्योः त्रैमासको अन्तिम दिन कुनै पनि बीमा स्विकृत नगर्नु, अभिकर्तालाई लक्ष्य तोक्दा २८ गतेभित्र तोकिसक्नु

काठमाडौ । बीमा प्राधिकरणले बीमा वयवसाय गर्ने बीमकको अभिकर्तालाई दिने इन्सेन्टिभ लगायतका विषयमा नयाँ व्यवस्था गरेको छ ।

प्राधिकरणले एक सुचना जारी गर्दै इन्सेन्टिभ लगायतका सुविधाको कटअफ डेट आवधिक वित्तिय विवरण पेश गर्ने दिनसँग मिल्न गएको भन्दै जीवन बीमा अभिकर्ताका लागि प्रत्येक महिनाको २८ गतेभित्र पुरा गरीसक्नुपर्ने गरी तोक्न भनेको छ । २८ गतेपछि गरिने बीमालाई सोही महिनाको लक्ष्य, स्किममा नसमेटी अर्को महिनामा लक्ष्य र स्किम समावेश गर्नुपर्नेछ भने प्रत्येक त्रैमासको अन्तिम दिन बीमा स्विकार गर्न पाइने छैन । 

Advertisement:

Ad
Ad