ओझा निलम्बनमा परेपछि बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सेवन्तक पोखरेललाई

२०८२ असार ३१ गते

ओझा निलम्बनमा परेपछि बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सेवन्तक पोखरेललाई

काठमाडौँ । बीमा प्राधिकरणमा अध्यक्ष पदमा अर्को व्यवस्था नभइञ्जेलसम्मका लागि प्राधिकरणको अध्यक्षको जिम्मेवारी अर्थमन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले सम्हाल्ने भएका छन् । सोमबारको मन्त्रीपरिषद् बैठकले प्राधिकरणका हालका अध्यक्ष शरद ओझालाई निलम्बन गरेपछि रिक्त अध्यक्ष पदमा अस्थायी रुपमा अध्यक्षको जिम्मेवारी पोखरेललाई दिइएको हो । 

 

Advertisement:

Ad
Ad

नेपाल बीमा प्राधिकरणका बहालवाला अध्यक्ष शरद ओझा विरुद्ध फर्जी कागजात पेश गरेर अध्यक्ष बनेको भन्दै सर्बोच्च अदालत र अख्तियारमा उजुरी परेपछि सरकारले सोमबार निलम्बन गरेको छ । ओझाको नियुक्ती सम्वन्धमा सरकारले तीन सदस्यीय छानबीन समिति गठन गरेको छ । गत फागुन १२ गतकोे मन्त्रीपरिषद् बैठकले प्राधिकरणको अध्यक्षका रुपमा ओझालाई नियुक्त गरेको थियो । नियुक्तीको साँढे चार महिनामै विवादमा परी ओझा निलम्बनमा परेका हुन् ।