२०८२ चैत १९ गते
काठमाडौँ । सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानमा तानिएका व्यापारी दीपक भट्टलाई बिहीबार नेपाल प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार उनलाई काठमाडौंको नक्साल८ क्षेत्रबाट पक्राउ गरिएको हो ।
यसअघि सोमबार विभागको पत्रकै आधारमा अध्यागमन विभागले भट्टलाई कालोसूचीमा राखेर विदेश जान समेत रोक लगाएको थियो । भट्ट र उनी आबद्ध कम्पनी तथा त्यस मातहतका सम्पत्तिमा विभागले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया