२०८३ असार २३ गते
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेर २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छ ।
सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदीको मूल्य ४ हजार ५५५ रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया