प्रचण्डले आजको संसदमा सम्बोधन गर्ने, माओवादी सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन

२०८२ असार ३० गते

प्रचण्डले आजको संसदमा सम्बोधन गर्ने, माओवादी सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ले सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।


उनले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले बैठकमा सम्बोधन गर्ने भएका हुन् । प्रचण्डले रसुवा बाढीपहिरो, समसामयिक राजनीतिलगायत विषयमा धारणा राख्ने छन् ।

Advertisement:

Ad
Ad


सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भएकाले आफ्ना सबै सांसदलाई अनिवार्य उपस्थित हुन माओवादीले निर्देशन गरेको छ ।