दोहोरी गीतमा अश्लिलता फैलाएको भन्दै लोक सञ्चारकर्मी पुगे साइबर ब्यूरोमा,तीन गीत विरुद्ध उजुरी

२०८२ असार २९ गते

दोहोरी गीतमा अश्लिलता फैलाएको भन्दै लोक सञ्चारकर्मी पुगे साइबर ब्यूरोमा,तीन गीत विरुद्ध उजुरी

काठमाडौँ । लोक तथा दोहोरी गीतमा अश्लिलता र विकृति फैलाएको भन्दै लोक सञ्चारकर्मी नेपालले शान्तिश्री परियार र रामजी खाँडको गीतसहित तीनवटा गीतविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ।

उजुरी परेका गीतहरूमा ध्रुव पुन, चन्द्रकुमारी शाहीको ‘गाई कालो’,राजकुमार वली, अस्मिता थापा, लक्ष्मी थापाको ‘सल्ला दमारमा’ र रामजी खाँड, शान्तिश्री परियारको ‘लुकी लुकी’गीत रहेको छ । 

Advertisement:

Ad
Ad

संस्थाका सचिव कमल सरगमका अनुसार ती गीतहरूले लोकसंगीतमा विकृति फैलाएको र सुन्नै नसकिने अश्लिलता प्रस्तुत गरेका छन्। उजुरी पत्र ब्युरो प्रवक्ता दीपक राज अवस्थीलाई हस्तान्तरण गरिएको छ।

ब्युरोले अनुसन्धान गरी कारबाही अघि बढाउने प्रतिबद्धता जनाएको छ।