घुस डील अडियो प्रकरण : प्रधानमन्त्री ओली मौन, मन्त्री गुप्ताको फोन स्विचअफ

२०८२ असार ३० गते

घुस डील अडियो प्रकरण : प्रधानमन्त्री ओली मौन, मन्त्री गुप्ताको फोन स्विचअफ

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता ७८ लाख घुस डिल प्रकरणमा मुछिएपछि उनलाई बर्खास्त गर्न नेकपा एमालेभित्रैबाट दबाब बढेको छ। एमाले सांसद किरणकुमार साहले संसदमा गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका छन्। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीले सरकारलाई तत्काल एक्सन लिन भनेको जानकारी दिएका छन्।

 

Advertisement:

Ad
Ad

अडिओ सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गुप्तालाई बालुवाटार बोलाएर स्पष्टीकरण मागेका छन्, तर अहिलेसम्म उनले कुनै निर्णय लिएका छैनन्उनी मौन छन् ।उता बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेपटि मन्त्री गुप्ताको फोन स्विचअफ भएको छ । उनी सम्पर्कभन्दा बाहिर छन् । 

 

गुप्तामाथि मालपोत प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोगको पद दिलाउने भन्दै २५ लाख घुस मागेको आरोप छ। अडिओ र फोटोसहित अख्तियारमा उजुरी परेको छ। मन्त्री गुप्ताले भने आफू निर्दोष भएको दाबी गरेका छन्।