एभरेष्ट बैंकको खराब कर्जा घट्दा नाफासँगै प्रतिशेयर आम्दानी पनि बढ्यो

२०८२ साउन २६ गते

एभरेष्ट बैंकको खराब कर्जा घट्दा नाफासँगै प्रतिशेयर आम्दानी पनि बढ्यो

काठमाडौँ । एभरेष्ट बैंकले आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३२.८०प्रतिशतले वृद्धि हो। बैंकको खराब कर्जा ०.७१प्रतिशतबाट घटेर ०.३८प्रतिशत पुगेको छ, जसले नाफा बढाउन मद्दत गरेको हो।

 

Advertisement:

Ad
Ad

त्यसैगरी बैंकको खुद ब्याज आम्दानी १९.३६प्रतिशतले बढेर ९ अर्ब १२ करोड रुपैयाँ पुगेको छ भने शुल्क तथा कमिशन आम्दानी १३.८३प्रतिशत, कुल सञ्चालन आम्दानी १७.४७प्रतिशत र सञ्चालन नाफा ३१.६३प्रतिशतले बढेका छन्।

 

बैंकको वितरणयोग्य नाफा ५०प्रतिशतले बढेर ४ अर्ब ९५ करोड पुगेको छ, जसका आधारमा ३८.२७प्रतिशत लाभांश दिन सक्ने क्षमता देखिएको छ।

 

बैंकको निक्षेप संकलन ३८.६२प्रतिशतले बढेर २ खर्ब ९८ अर्ब पुगेको छ भने कर्जा लगानी १९.८६प्रतिशतले बढेर २ खर्ब १३ अर्ब पुगेको छ।प्रतिसेयर आम्दानी ३७.९९ रुपैयाँ पुगेको छ भने प्रति सेयर नेटवर्थ २४७.३९ रुपैयाँ र मूल्य-आम्दानी अनुपात १८.४७ गुणा रहेको छ।