राष्ट्रपति रामचन्द्र पौडेलसँग न्यूजिल्याण्डका उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री विन्स्टन पिटर्सले राष्ट्रपति भवन शीतल निवासमा बुधबार शिष्टाचार भेट गरेका छन् ।
गाजामा अत्याचार गरिरहेको भन्दै जर्मनीका विदेश मन्त्रीले इजरायलविरुद्ध विशेष कदम चाल्ने चेतावनी दिएका छन् । विदेश मन्त्री जोहान वाडेफुलले प्रसारक डब्ल्यूडीआरलाई दिएको अन्तर्वार्तामा गाजामा इजरायलको ठूला हवाई आक्रमणहरूका कारण खाद्यान्न तथा औषधिको अभावले गाजाको अवस्थालाई असह्य बनाएको भन्दै जर्मनीले इजरायललाई दिने ऐतिहासिक समर्थनलाई उपकरणको रूपमा प्रयोग नगर्न चेतावनी दिएका हुन्।
काठमाडौ । हिमालयन लाइफ इन्सुरेन्सले आफ्ना लगानीप्कर्तालाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लगानीकर्तालाई नगद लाभांश वितरण गर्ने भएको हो ।
काठमाडौं । न्युजिल्यान्डका उपप्रधान एवं परराष्ट्रमन्त्री विन्स्टन पिटर्स औपचारिक भ्रमणका निम्ति बुधबार नेपाल आउँदै छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी आज नेपाल आउन लागेका हुन् ।