२०८२ जेठ १४ गते
काठमाडौ । बुधबार सेयर बजारमा केही चमक देखिएको छ । बजेटको पुर्वसन्ध्यामा सेयर बजार बढ्नुले केही सकारात्मक हुनुले लगानीकर्ताले बजेटमा केही राम्रो हुनसक्ने अनुमान गरेको बुझ्न सकिन्छ ।
नेप्से सूचक बुधबार १७.४४ विन्दुले बढेर २६९३.०६ अंकमा आडिएको छ । यसदिन ८ अर्ब ५८ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । ३ वटा कम्पनीको सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
तिब्र उतारचढावका विच बजार बढेपनि नेप्सेले २७ सयको विन्दु भने छुन सकेको छैन । बैंकिङ समूहमा बढोत्तरी देखिएको छ । यस दिन ३ सय २३ कम्पनीको २ करोड भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १ अर्ब रुपैयाँ भन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा छ ।
प्रतिक्रिया